आज साँझ सम्म पार्टी एकताका सबै काम टुंगीन्छ अध्यक्ष दाहाल

आज साँझ सम्म पार्टी एकताका सबै काम टुंगीन्छ अध्यक्ष दाहाल

ठमाडौं, ३१ असार । पार्टी एकताका बारेमा अनेक टिकाटिप्पणी भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले पार्टी एकताका बाँकी सबै काम आज साँझसम्ममा टुङ्गो लाग्ने बताउनुभएको छ ।
अध्यक्ष दाहालले असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणा अनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुङ्गो लगाउने तयारी गरिएको बताउनुभयो ।

मंगलबार पार्टीको ललितपुर जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा बोल्दै उनले दुई अध्यक्षबीच पार्टीको केन्द्रिय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमति भईसकेको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओली र आफूबीच भएको सो सहमतिलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुङ्गो लगाउने अध्यक्ष दाहालले भनाई छ । उहाँले पार्टी एकताको सबै कामले पूर्णता पाउने वित्तिकै पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरिने समेत तर्क गर्नुभयो ।

अध्यक्ष दाहालले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । जनताले विश्वास गरेर दुई तिहाई प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहाना अनुसार काम गर्नुपर्ने चुनौति रहेको पनि दोहोर्‍याउनुभयो ।



ट्रेन्डिङ