जंगली हात्तीको आक्रमणबाट चितवनको सौराहामा एकजनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट चितवनको सौराहामा एकजनाको मृत्यु

चितवन ३१ असार । जंगली हात्तीको आक्रमणबाट चितवनको सौराहामा एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ७ बद्रेनीमा जंगली हात्तीको आक्रमणबाट ६२ बर्षको कान्छो दराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।

घरबाट कामको लागि सौराहा जाने क्रममा बिहान करिब ६ बजे बाघमारा सामुदायिक वनको चौर नजिक दराईलाई हात्तीले आक्रमण गरेको थियो । उनको शव सडकबाट ५० मिटरभित्र जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।



ट्रेन्डिङ