चितवनका होटलहरुमा प्रहरीको छापा / ४२ जोडी पक्राउ

चितवनका होटलहरुमा प्रहरीको छापा / ४२ जोडी पक्राउ

चितवन ३० असार । चितवनको बजार क्षेत्रका होटलहरुमा प्रहरीले छापा मारेको छ । सोमबार दिउँसो नरायणगढ, टाँडी, रामनगर, भरतपुर लगायतका क्षेत्रमा रहेका होटलहरुमा प्रहरीले छापा मारेको हो । चितवनका होटल, रेष्टुरन्ट तथा लजहरुमा प्रहरीले एकैसाथ छापा मारेको थियो । छापामार्ने क्रममा यौनजन्य गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेको हो । अवैध यौनधन्दा भइरहेको सूचनाका आधारमा प्रहरी त्यस स्थानमा छापा मारेको चितवन प्रहरीले जनाएको छ । होटलमा छापा मार्ने क्रममा प्रहरीले ९९ जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये ४३ महिला, ४२ पुरुष र १२ जना होटल सञ्चालक रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरु विभिन्न होटलबाट रंगेहात पक्राउ परेका हुन् । नियन्त्रणमा आएकाहरु मध्ये धेरैजसोको श्रीमान वा श्रीमति विदेशमा रहेका छन् । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको छ ।



ट्रेन्डिङ