सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने सञ्चार मन्त्री – बास्कोटा

सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने सञ्चार  मन्त्री – बास्कोटा

काठमाडौं ३० असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताउनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बास्कोटाले सरकारले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार गर्नै नसकिने प्रष्ट्याउनु भएको हो । सोमबार काठमाडौंमा सञ्चार उद्यमीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै बास्कोटाले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने चेतावनी दिनुभयो ।

‘सञ्चार माध्यमहरुले आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण प्रष्ट हुनुपर्छ’, बास्कोटाले भन्नुभयो, ‘केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चार माध्यामबाट आउन थालेको छ यसमा मेरो आपत्ति छ ।’ ‘श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुन्छ’, मन्त्री बास्कोटाले भन्नुभयो, ‘सञ्चार माध्यमहरुको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको छ ।’



ट्रेन्डिङ