दुर्घटना न्यूनिकरण गर्न बाटोमै चालकको स्वास्थ्य परीक्षण सँगै यान्त्रीकरणको चेक

दुर्घटना न्यूनिकरण गर्न बाटोमै चालकको स्वास्थ्य परीक्षण सँगै यान्त्रीकरणको चेक

पिविएम न्यूज –
चितवन ३० असार । लामो तथा छोटोदुरीका सवारी चलाउने चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । चालक शारीरिक र मानसिक रुपमा तन्दुरुस्त भए नभएको चेक गर्न जिल्ला प्रहरी कार्यालय चितवनले चितवन मोडल अस्पताल सँगको सहकार्यमा स्वास्थ्य चेक जाँच गरेको हो । हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्नका लागि प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षाा तथा ट्राफिक निर्देशनालयको निर्देशनमा स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य परीक्षण सँगै चालकले चलाएको सवारी साधनको यान्त्रीक परीक्षण समेत गरिएको छ । चितवन अटो मेकानिकल संघको सहकार्यमा यान्त्रीक परीक्षण गरिएको हो । विहान ८ बजेदेखि १० बजे सम्म भरतपुरको आँपटारी चोकमा संचालित कार्यक्रममा ३२ वटा सवारीको यान्त्रीक परीक्षण र ७७ जना चालकको स्वास्थ्य परीक्षण गरिएको चितवन ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक कार्यालयका अनुसार १२ जना चालकहरुमा प्रेसर र ९ जना चालकहरुमा सुगरको समस्या देखिएकाले थप उपचारका लागि अस्पताल जान सुझाव दिइएको छ ।



ट्रेन्डिङ