पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

हेटौंडा ३० असार । इन्द्रसरोर गाउँपालिकामा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । वडा नम्बर १ मार्खुका कान्छीमाया बलामी र उनकी १८ वर्षीया छोरी बबिता पहिरोमा पुरिएका हुन् । उनीहरु आइतबार राति घरमा सुतिरहेकै अवस्थामा पहिरोमा पुरिएको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिनुभयो । घरसहित पुरिएका उनीहरुको शव प्रहरीले सोमबार बिहान निकालेको छ ।



ट्रेन्डिङ