बाढी, पहिरो र डुबानका कारण मृत्युहुनेको संख्या ६५ पुग्यो

बाढी, पहिरो र डुबानका कारण मृत्युहुनेको संख्या ६५ पुग्यो

काठमाडौँ ३० असार ।  अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले साेमबार बिहान सार्वजनिक गरेकाे तथ्यांकअनुसार बाढीपहिरोमा परी २४ महिला र ४१ पुरुषको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिराेबाट ३८ जना घाइते भएका छन्। घाइते १७ महिला र २१ पुरुषकाे विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। यी घटनामा ३०जना अझै बेपत्ताछन्। बेपत्ता रहेका १२ महिला र १८ पुरुषकाे खाेजी जारी रहेकाे जनाइएकाे छ। अहिलेसम्म एक हजार ४४६ जनाकाे सकुशल उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ।



ट्रेन्डिङ