चितवनको भूमीवाट हामी आयौं

चितवनको भूमीवाट हामी आयौं

सबै भन्दा पहिले हाम्रा पाठकहरुमा हार्दिक अभिवादन । एउटा यूग थियो सूचना पाउन महिनौं लाग्ने, वर्षौ कुनुपर्ने । विस्तारै सूचना लिने दिने क्रम आम संचारको रुपमा विकास हुन थाल्यो । अहिलेको सूचना लिने दिने क्रमको विकास देखेर हाम्रा बाजे बजैहरु दंगछन् । धार्मिक ग्रन्थहरु अध्ययन गर्ने हो भने झन सिलापत्र देखि पातहरुमा लेखेर समेत सूचना प्रभाव गरेको तथ्यहरु भेटिन्छन, यो पुरानो युगको कुरा थियो । तर अहिले अवस्था फेरिएको छ, तत्काल कुनै घटना भयो वा कुनै सूचना पठाउन पर्यो भने अहिलेको अहिलै नै पठाउन सकिने यूग सुरुभएको छ । देशका प्रायजसो भू–भागमा इन्टरनेट, इमेल लगायत समाजिक संचालहरु पुगेका छन् । अहिलेको यूगमा सूचना पाउने माध्यम सजिलो भएपनि प्रभावकारी सूचना दिने माध्यमहरु भने औलामा गन्न सकिने छन् । यो दुनियमा फेक न्यूजहरु धमाधम शेयरगर्ने क्रम पनि डरलाग्दो तरिकाले बढ्दै गएको छ । त्यसैले आम पाठकहरुलाई लक्षित गरेर डिजिटल पत्रिका लिएर हामी आएका छौं । सबैभन्दा छिटो नारा दिएर पिविएम न्यूज डटकम तपाई संसारको कुनैपनि ठाउँवाट एक क्लिक गरेकै भरमा ताजा ताजा समाचारहरु पाउनुहुनेछ । अहिले हामी परीक्षण क्रममा छौं ।
संचार क्षेत्रमा लामो समय विताएका हाम्रा अनुभव यसै अनलाईन पत्रिका मार्फत सदुपयोग गर्ने हाम्रो योजना छ ।
सबै जातजाति, सबैधर्म संस्कृति, सबै लिंग, बर्ण भएका व्यक्तिहरुको साझा अनलाईन पत्रिकाको रुपमा विकास हुँदै जानेमा हामी आशावादी छौं । यो अनलाईन कुनैपनि राजनीतिक दल निकट, जाति, समुदाय निकट हुनेछैन् । आम पाठकलाई सूचना दिन अनवरत्त रुपमा लागिपर्ने गरी हामी आएका छौं ।
केन्द्रीय समाचार भन्दा स्थानीय समाचार र सूचनालाई प्राथमिकतामा राखेर अघि बढ्ने छौं । यहाँहरुको साथ र समर्थनले यो अनलाईन पत्रिकाले सबै समुदाय सम्म प्रभावकारी सूचना दिन सक्षम हुने छौं भन्ने हाम्रो आशा छ ।
प्राइम ब्रोडकास्टीङ मिडिया प्रालीद्धारा संचालनमा आएको यो अनलाईन पत्रिकाले मेरो प्राइम टेलिभिजिनको रुपमा संचालन हुँदै आएको यूवट्युव र फेसबुक च्यानललाई आधिकारीक च्यानलको रुपमा विकास गर्दै जानेछ ।
हामी अडियो, भिडियो मार्फत समेत सूचनाहरु प्रशारण गर्दै जानेछौं । यो अभियानमा साथ दिनका लागि तपाईसँग कुनैपनि सूचना, समाचारहरु छन भने हामीलाई इमले गरेर पठाउन सक्नुहुनेछ । तपाईको सूचना र समाचारलाई हामी प्राथमिकताका साथ प्रकाशन ÷ प्रशारण गर्ने छौं । आउनुहोस यो मिसनमा तपाई हामी सबै हातेमालो गरौं, र नयाँ यूगमा बस्ने आम जनतालाई प्रभावकारी सूचना बाडौं । चितवनको नारायणगढ स्थित क्षेत्रपुरमा मुख्य कार्यालय स्थापना गरेर हामी आएका छौं । यसैगरी पूर्वी चितवनको रत्ननगर १, बकुलहर चोकमा पनि हाम्रो कर्पोरेट अफिस संचालनमा छ । र देशका अन्य जिल्लाहरुमा पनि कार्यालय स्थापना गर्ने योजना छ । जय पिविएम न्यूज डटकम ।



ट्रेन्डिङ