लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै मसाल जुलुस निकाले

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै मसाल जुलुस निकाले

काठमाडौं २९ असार । लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै सुरु गरिएको आन्दोलन अन्तर्गत आइतबार साँझ काठमाडौं उपत्यकामा मसाल जुलुस निकालिएको छ । काठमाडौंको सुन्धारादेखि, न्युरोड, जुद्धशालिक, असन हुँदै रत्नपार्कस्थित शान्तिवाटिकासम्म मसाल जुलुस निकालिएको हो । मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच सामान्य झडप पनि भएको थियो ।

 

 

प्रहरीले पटक–पटक मसाल जुलुस रोक्ने प्रयास गरेपछि झडपको अवस्था सिर्जना भएको नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले बताउनुभयो । झड्पको क्रममा

केहि प्रर्दशनकारीहरु घाइते समेत भएका छन् ।, आन्दोलनकारीहरुले ‘लालबाबु पण्डित मुर्दावाद, उमेश मैनाली मुर्दावाद, प्रहरी दमन मुर् दावाद, असमावेशी विज्ञापन खारेज गर’ लगायत नारासहित जुलुस निकालेका हुन् ।



ट्रेन्डिङ