बाढी, पहिरो र डुबानका कारण मृत्युहुनेको संख्या ६० पुग्यो / २६ जना अझै वेपत्ता

बाढी, पहिरो र डुबानका कारण मृत्युहुनेको संख्या ६० पुग्यो / २६ जना अझै वेपत्ता

चितवन २९ असार । अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्‍न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार अपरान्हसम्म ६० जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले जारी गरेको पछिल्लो विवरण अनुसार हालसम्म २४ जना महिला र ३६ जना पुरुषको बाढीको कारण मृत्यु भएको हो। यस्तै हालसम्म २६ जना बेपत्ता भएका छन्। जसमा १२ महिला र १४ पुरुष छन्। देशभरबाट एक हजार चार सय ४४ जनालाई सकुशल उद्धार गरिएको छ। हालसम्म बाढीमा परेर १७ महिला र २१ पुरुषसहित ३८ जना घाइते भएको प्रहरीले जनाएको छ।



ट्रेन्डिङ