दिदि भाईलाई सहयोग हस्तान्तरण

दिदि भाईलाई सहयोग हस्तान्तरण
असार २९, चितवन । आर्थिक अभावका कारण पठनपाठनमा समस्या झेल्दै आएका राप्ती नगरपालिका ६ मुडाभारका दिदि भाईलाई सहयोग हस्तान्तरण गरिएको छ ।

मुडाभारकी अनुजा परियार र उनका भाई अनमोल परियारलाई आईतवार स्टेशनरी र खाद्यान्न सहयोग गरिएको हो । घरको अवस्थाका कारण पढाई देखी खान लाउन समेत समस्या रहेको राप्ती नगरपालिका भण्डारीकी महिला समाजसेवी अनिता खरेलमार्फत खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेलले थाहा पाएपछि उनले आर्थिक संकलन गरेका थिए ।

खैरहनीका तीन जना व्यक्तीहरुको जन्मदिनको अवसरमा प्राप्त सहयोगले स्टेशनरी र खाद्यान्न खरिद गरि ति दिदिभाईलाई हस्तान्तरण गरिएको हो । राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको थियो ।

खैरहनी घर भएकी कमला वर्तौला सिवकोटी, कृष्ण धमला र सेवकराज सुवेदीले आफ्नो जन्मदिनको अवसर पारेर समाजसेवी मुरली गजुरेललाई रकम पठाएका थिए । सोही रकमले कापी, कलम, विद्यालय पोशाक, झोला, जुत्ता, चामल, दाल, आलु, नुन तेल लगायतका सामाग्री खरिद गरि हस्तान्तरण गरिएको हो ।

व्यवसायी तथा समाजसेवी उत्तम अधिकारी, महिला समाजसेवीहरु अनिला खरेल र शान्ती उप्रेती, उत्प्रेरणा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगायतको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको थियो ।



ट्रेन्डिङ