मलेशियामाथि नेपालको ‘क्लिन स्विप’

मलेशियामाथि नेपालको ‘क्लिन स्विप’

काठमाडौं, २९ असार । नेपालले मलेशियाविरुद्धको दुई टी–२० को सिरिजमा ‘क्लिन स्विप’ गरेको छ । नेपालले आइतबार दोस्रो खेलमा ६ रनको जित निकालेको छ । यससँगै नेपालले सिरिजमा २–० को अग्रता लियो ।

यसअघि नेपालले शनिबारको पहिलो खेलमा ७ विकटको जीत हात पारेको थियो । किनारा ओभल क्रिकेट मैदानमा जितका लागि १७४ रनको लक्ष्य पछ्याइरहेको मलेशियाले १६७ रन मात्र बनाउन सक्यो ।

हारमा पनि मलेशियाले नेपालसामु बलियो चुनौती पेस गरेको थियो । मलेशियाले २० ओभर उपयोग गरेर ७ विकेट गुमाएको थियो । त्यसमा सोमपाल कामीले दुई र सन्दीप लामिछानेले दुई विकेट लिए ।
यसअघि नेपालले पहिले ब्याटिङ गर्दै १७३ रन बनाएको थियो र यो नेपाला लागि ट्वान्टी ट्वान्टी क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर हो । त्यसमा विनोद भण्डारीले विनोद भण्डारीले ५१ रन बनाए ।



ट्रेन्डिङ