बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुग्यो / ३५ अझै वेपत्ता

बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुग्यो / ३५ अझै वेपत्ता

काठमाण्डौं २९ असार । भारी वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुगेको छ । अझै ३५ जना वेपत्ता छन् ।
नेपाल प्रहरीका अनुसार सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ । प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । यसैगरी ठमाडौं उपत्यकामा ८ जनाको मृत्यु भएको छ ।
प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा एक एक गरी दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशको डोल्पामा पनि २ जनाको मृत्यु भएको तथ्यांक छ ।
जिल्लागत विवरणलाई हेर्दा ललितपुर र भोजपुरमा पाँच पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाहुने क्रम अझै रोकिएको छैन । अझै एकदुई दिन वर्षा हुन सक्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।



ट्रेन्डिङ