ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

रत्ननगर २८ असार । पूर्वी चितवनको रत्ननगरमा शनिवार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका १६ खेरेटी स्थित भित्री सडकमा ना ७ त ४११ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँ निवासी ट्याक्टर चालक ४५ बर्षिय झवराज न्यौपानेको मृत्यु भएको हो । ट्याक्टर पल्टिएर गम्भिर घाइते भएका न्यौपानेको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।



ट्रेन्डिङ