राप्तीमा होटल थपिने क्रम बढ्दै / पूर्व अर्थमन्त्री पाण्डेले फ्रेन्डशीप होटलको गरे उद्घाटन

राप्तीमा होटल थपिने क्रम बढ्दै / पूर्व अर्थमन्त्री पाण्डेले फ्रेन्डशीप होटलको गरे उद्घाटन

पिविएम न्यूज
राप्ती २९ असार । राप्ती नगरपालिकाको भण्डारा बजारमा फ्रेन्डशीप होटल एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । रेष्टुरेन्टको शनिबार पुर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले रिबन काटेर उदघाटन् गर्नुभयो । सो अवसरमा उनले होटल तथा रेष्टुरेण्टले पर्यटन प्रबद्र्धनमा भुमिका खेल्ने भएकाले गुणस्तरिय सेवामा जोड दिन आग्रह गर्नुभयो । पुर्वी चितवनको भण्डारा, परेवाकोट लगायत क्षेत्र पर्यटकिय दृष्टिकोणले उत्कृष्ट गन्तव्य भएकाले सो क्षेत्रमा पनि होटल रेष्टुरेन्टको बिस्तार हुनुपर्ने उहाँको भनाई छ । त्यस्तै राप्ती नगरपालिकाका उप–प्रमुख इमानसिहं लामाले युवाहरु बेरोजगार भई बिदेश जानुभन्दा आफ्नै देशमा कुनै न कुनै ब्यवसाय गर्नु तारिफयोग्य रहेको बताउनुभयो । उहाँले होटल तथा रेष्टुरेण्टहरुलाई ब्यवस्थित गर्न नगरपालिकाले काम गर्ने समेत बताउनुभयो । राप्ती नगरपालिकाको वडा नं. ५ मा खुलेको रेष्टुरेन्टमा सन्देश घलान र आकाश घलानले लगानी गरेका हुन । मकवानपुर तथा चितवनका पहाडी क्षेत्रमा उत्पादित शुद्ध मकैको ढिडो र लोकल कुखुराको परिकार पाइने सञ्चालक सन्देश घलानले जानकारी दिनुभयो । ग्रामिण स्वादमा स्वस्थ र अर्गानिक खाना तथा खाजाका लागि होटल सधै तयार रहेको उहाँले बताउनुभयो ।



ट्रेन्डिङ