‘उपमेयर बन्न मानिनँ, राष्ट्रियसभा उपाध्यक्ष बनें’

‘उपमेयर बन्न मानिनँ, राष्ट्रियसभा उपाध्यक्ष बनें’

चुनावअघि म बर्दिबास नगरपालिकामा पार्टीको जिम्मेवारीमा थिएँ । त्यहाँको पहिलो महिला मेयर हुनुपर्छ भनेर लडेकी थिएँ । तर, उपमेयरमा प्रस्ताव गरियो । मेयर चलाउन सक्छु, दिन्छौ भने देउ, होइन भने उपमेयर लिन्न भनेँ ।

पछि प्रदेशमा प्रस्ताव गर्ने कुरा भयो । तर, मलाई पहाडे समुदायको भनियो र पहाडे क्षेत्री बाहुनको ४.६ प्रतिशत छ भन्दै मलाई प्रदेशमा लगिएन । म मधेसमै जन्मिएकी, हुर्किएकी, राजनीति गरेकी, मधेसकै लागि लडेकी थिए ।

सपछि राष्ट्रिय सभामा आउने अवस्था बन्दै गयो । तत्कालीन एमाले र माओवादीको गठबन्धन बन्यो । दुई नम्बर प्रदेशबाट एमालेका पुरुष र माओवादीका महिला राष्ट्रिय सभामा आउने भन्ने सहमति बन्यो । त्यसपछि मलाई पार्टीले राष्ट्रिय सभा ल्याउने निर्णय भयो ।

त्योबेला राष्ट्रियसभाको उपाध्यक्ष नै हुन्छु भन्ने चाहिँ सोचेकी थिइनँ । राष्ट्रिय सभा सदस्य भएर आएपछि एमालेले अध्यक्ष पाउने र माओवादीले उपाध्यक्ष पाउने अवस्था बन्यो । माओवादीको तर्फबाट हामी तीनजना (म, बिना पोखरेल र युटोल तामाङ) छौं । तीनमध्ये म केन्द्रीय सदस्य, बुद्धिजीवी संगठनको केन्द्रीय उपाध्यक्ष, महिला विभागको प्रमुख लगायतका जस्ता जिम्मेवारी निर्वाह गरेका कारण मेरो दाबी थियो । पार्टीले पनि मूल्याङ्कन गर्‍यो ।

तलबाट हेरेजस्तो रहेनछ !

आफूले खोजेजस्तो, तल बसेर सोचेजस्तो नहुँदोरहेछ । यहाँका कर्मचारी संरचना, हामीले गर्ने काम सोचे जस्तो कहाँ हुनु ? तैपनि महिला माननीयहरुको क्षमता कसरी विकास गर्ने ? महिला माननीयहरुको आवाज सञ्चार माध्यमममा कसरी पुर्याउन सकिन्छ भनेर काम गर्दै आइरहेका छौं ।



ट्रेन्डिङ